राष्ट्रिय मानव अधिकार आयोगद्वारा रवि माथि चितवनमा प्रहरीले गरेको व्यवहारमाथि छानबिन सुरू

Dec 09, 2024 01:05 PM Merolagani



राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको व्यवहारको छानबिन सुरू गरेकाे छ । आयोगले रविमाथि हिरासतमा अमानवीय व्यवहार गरिएको विषयमा सोधपुछ गर्न आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको हाे ।

आयोगले साेमबार दिउँसो साढे १२ मा कुँवरलाई आयोगमा उपस्थित हुन पत्र काटेकाे हाे। यसैगरी, अब आवश्यक भएका खण्डमा चितवनका जिल्ला प्रहरी प्रमुखलाई पनि आयोगमै बोलाएर जवाफ माग्ने तयारी आयोगकाे रहेकाे छ ।

लामिछानेलाई सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएकाे थियाे। साे समयमा  कुँवरको ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ बजे आसपासमा पोखराका लागि लगिएको आराेप रहेकाे  छ । भोलिपल्ट उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीले दुर्व्यवहार गरेकाे भन्दै शुक्रबार रवि पत्नी निकिता पौडेलले प्रहरी महानिरीक्षक कुँवरलगायत माथि छानबिन गरी कारवाहीको माग गर्दै आयोगमा उजुरी दिएकी थिइन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा उजुरी दिएको थियो ।

उजुरीपछि आयोगले नेपाल प्रहरी प्रधान कार्यालयमा पत्राचार गरि जवाफ मागेपनि घटना संवेदनशिल देखिएकाले साेमबार प्रहरी प्रमुखलाई आयोगमै उपस्थित गराएर जवाफ माग्न लागिएको हाे ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।