कच्चा पदार्थको मूल्यवृद्धि र मुद्रास्फीतिलाई आंशिक रूपमा न्यूनीकरण गर्न उनीहरूले मूल्यवृद्धि गर्न लागेकाे बताएका छन् ।
मारुती सुजुकी इंडियाः चार प्रतिशतसम्म वृद्धि
मारुती सुजुकी इंडियाले सञ्चालन खर्च र इनपुट लागत बढेपछि गाडीको मूल्य चार प्रतिशतले बढाउने निर्णय गरेको छ । मूल्य वृद्धि मोडेल अनुसार हुनेछ। तर, अधिकांश खर्च कम्पनीले नै व्यहोर्ने भएकाे छ । कम्पनीले अब थप खर्च वहन गर्न नसक्ने पनि खुलाएको छ ।
हुन्डाई: २५,००० भारूसम्म बढ्ने
हुन्डाई मोटर इन्डियाले जनवरी १ गतेदेखि गाडीको मूल्य २५ हजार भारतीय रुपैयाँले बढाउने भएको छ । कच्चा पदार्थको मूल्यवृद्धि, कमजोर रुपैयाँ र महँगो ढुवानीका कारण मूल्य निश्चित रूपमा बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तरुण गर्गले बताएकाे भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
टाटा मोटर्सकाे मूल्य ३ प्रतिशतले बढ्ने
टाटा मोटर्सले नयाँ वर्षदेखि यात्रुवाहक सवारी साधनको मूल्य तीन प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । मूल्य वृद्धि मोडल अनुसार फरक-फरक हुनेछ।
महिन्द्रा, एमजी मोटर र किया पनि मूल्यवृद्धिकाे दौडमा
महिन्द्रा एण्ड महिन्द्राले जनवरी १ देखि एसयूभी र कमर्सियल गाडीको मूल्य तीन प्रतिशतले बढाउने भएको छ । जेएसडब्लयू एमजी माेटर इंडियाले पनि आफ्ना विभिन्न मोडलका गाडीहरूको मूल्य तीन प्रतिशतले बढाउने जानकारी दिएकाे छ। जनवरी १ देखि किया इन्डिया कारको मूल्य पनि दुई प्रतिशतले महँगो हुनेछ ।
लक्जरी कारहरू पनि महँगो
मर्सिडिज बेन्ज : नयाँ वर्षदेखि यस कम्पनीका गाडी तीन प्रतिशतले महँगो हुने भएको छ । यो वृद्धि २ लाखदेखि ९ लाख भारतीय रूपैयाँसम्म हुनेछ ।
अडी ः ढुवानी खर्च बढेपछि अडी कम्पनीले पनि आफ्ना सबै मोडलका कारको मूल्य ३ प्रतिशतले बढाउने निर्णय गरेको छ ।
बीएमडब्ल्यू इंडियाः जनवरी १ देखि याे कम्पनीको कार किन्नको लागि तपाईले तीन प्रतिशतसम्म बढी तिर्नुपर्नेछ।
एजेन्सी ।