२०० टन सुन, १६ अर्ब डलर, सिरियाबाट भागेका बशल अल असदसँग कति छ सम्पत्ति?

Dec 11, 2024 04:45 PM Merolagani



सिरियामा इस्लामिक विद्रोहीद्वारा बशर अल-असद पराजित हुँदा आफ्नो राज्य मात्र नभई उनी आफ्नो देश पनि छोड्न बाध्य भएका छन्। १३ वर्षको गृहयुद्धपछि अन्ततः विद्रोही इस्लामिक समूह हयात तहरीर अल शाम (एचटीएस)को नेतृत्वमा असद सरकारलाई पराजीत गर्दै प्रमुख शहर कब्जा गरेका थिए ।

युद्धका बीचमा राष्ट्रपति पदबाट हटाइएका बशर अल-असद आफ्नो लाबा लस्सकरहित सिरिया छाडेर अहिले रुसकाे सरणमा पुगेका छन्।

देश छोडेर भागेका असद अपार सम्पत्तिका मालिक हुन् र उनीसँग सयौं टन सुनका साथै अमेरिकी डलर तथा युरोको ठूलो भण्डार छ।

कति छ त बशर अल-असदको कुल सम्पत्ति?

२०११ मा गृहयुद्ध सुरु भयो, १३ वर्ष पछि कू

सिरियामा गृहयुद्धका बीच बसर अल-असदले देश छाेड्नासाथ असदको विमान सिरियाको लटाकियाबाट उडेको र मस्को पुगेको जानकारी फ्लाइट ट्रयाकरबाट प्राप्त भएकाे थियाे। फ्लाइटराडर वेबसाइटको तथ्याङ्क अनुसार आइतवार (डिसेम्बर ८)मा एक रूसी सैन्य विमान लाटाकियाबाट उडेर मस्को पुग्यो । उक्त सैन्य विमान असदको हो भनेर अनुमान गरिएको थियो।

असद सरकारले लाेकतन्त्र समर्थक प्रदर्शनहरूलाई क्रूरतापूर्वक लत्याएपछि सन् २०११ मा सिरियामा विद्रोह सुरु भएकाे थियाे । यो द्वन्द्व बिस्तारै गृहयुद्धमा परिणत भयो । युद्धमा असद सरकारको विरुद्धमा धेरै विद्रोही समूहहरू उठेका थिए। अन्ततः, १३ वर्षको संघर्षले असद शासनलाई झुकायाे। दमास्कस कब्जा गरेपछि विद्रोही समूहहरूले असद सरकारलाई मात्र नहटाएर सिरियाली जनतालाई नयाँ सुरुवातको मौका पनि दिएका छन्।

असदसँग छ २०० टन सुनको भण्डार

आफ्नो देशबाट भागेका असदसँग अथाह सम्पत्ति छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उनले आफूसँग कैयौं किलो सुन र पैसा लिएर भागेका छन्। एकातिर देशकाे ९० प्रतिशत जनता गरिबीमा बाँच्न बाध्य छन् भने अर्कोतर्फ, साउदी पत्रिका ऐलावका अनुसार राष्ट्रपति बसर अल असदको परिवार निकै धनी छ ।

बेलायती गुप्तचर सेवा एमआई ६ को जानकारीलाई उद्धृत गर्दै एलावको रिपोर्टमा गत वर्ष २०२३ सम्ममा राष्ट्रपतिको परिवारको कुल सम्पत्तिमा करिब २०० टन सुन सहित अर्बौं डलर तथा युरो रहेको लेखिएकाे छ ।

सिरियाको ७ वर्षको बजेट बराबरको सम्पत्ति

इलाभका अनुसार २०० टन सुनको भण्डार बाहेक राष्ट्रपति असदसँग १६ अर्ब डलर र ५ अर्ब युरो सम्पत्ति थियो। यस बाहेक राष्ट्रपति असदसँग विलासी घर र महँगो तथा विलासी कारहरूको संग्रह पनि थियो, जसको झलक उनको दरबारमा हरेक दिन देखिन्थ्यो। उनको दरबारमा रोल्स रोयस फ्यान्टम, एस्टन मार्टिन डीबी७ देखि फेरारी एफ ४०, फेरारी एफ ४३० र मर्सिडिज बेन्ज, अडी सम्मका कारहरू समावेश भएको बताइएको छ।

खासगरी, साउदी पत्रिका ऐलावको रिपोर्टमा बसर अल असदको कुल सम्पत्ति करिब ७ वर्षको सिरियाको बजेट बराबर रहेको अनुमान गरिएको थियो । यद्यपी, असदले कति सम्पत्ति वा सुन, डलर वा युरो लिएर देश छाडेका छन् भन्ने हालसम्म खुलिसकेको छैन ।

लागुऔषध कारोबारबाट करोडौं आम्दानी

रिपोर्टका अनुसार सिरियामा बसर अल-असदको ठूलो मात्रामा लागूऔषधको सम्पत्ति थियो। यसबाट असद सरकारलाई अर्बौं डलर कमाइ भएको थियो। यो औषधिको नाम ‘क्याप्टाग्नट’ हो र विश्वमा यसको उत्पादनको ८० प्रतिशत सिरियामा मात्र हुने दाबी गरिएको छ । सिरियाले पनि सबैभन्दा बढी निर्यात गर्छ र इजरायली वेबसाइट भायनेटका अनुसार असद सरकारले यसबाट वार्षिक करिब ५ अर्ब डलर आम्दानी गर्ने गरेको छ । क्याप्टागन मार्फत् असद परिवार मात्र होइन सिरियाली सेनाका उच्च अधिकारीहरूले पनि ठूलो आम्दानी गर्दै आएका थिए।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।