युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

Dec 12, 2024 03:41 PM Merolagani



युनाइटेड अजोड इन्स्योरेन्स(UAIL)को प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५ औं बैठकले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेका गौतमले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मकाे अध्ययनन पुरा गरेका छन् । उनकाे कार्यानुभव तथा कार्य सम्पादनकाे मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेकाे हाे।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।