दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा छाेड्न आदेश दिएपनि हिरासतमुक्त भने अहिले नहुने

Dec 12, 2024 05:02 PM Merolagani



काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाेड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले प्रसाईंलाई धरौटीमा छाेड्‍न आदेश दिएको हो ।

अदालतले साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई रिहा गर्न आदेश दिएपनि उनी हिरासतमुक्त भने अहिले हुने छैनन् ।

उनीमाथि आपराधिक विश्वासघातको कसुरमा सीआईबीले अनुसन्धन गरिरहेकाे छ । साेहि कारण उनी कैदमुक्त भने नहुने भएका हुन् ।

उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको थियो । 




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।