सुन र चाँदीको मूल्यमा गिरावट

Dec 13, 2024 10:48 AM Merolagani



मंसिर २८ गते, शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ६५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ६५ अंकले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।