सातामा १ हजार ९ सयले बढ्यो सुनको भाउ, बैंकले आयात गरेको सुन बजारमा जान थालेपछि आपूर्ति सहज बन्दै

Dec 14, 2024 06:41 AM Merolagani



गत साता सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ। अघिल्लो साताको अन्तिम दिन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन गत शुक्रबार प्रतितमोला १ लाख ५३ हजार रुपैयाँ पुगेको छ।

गत साता दुई दिन सुनको भाउ घट्यो भो १ दिन स्थिर र ३ दिन बढ्यो। पछिल्ले समय घट्दो अवस्थामा रहेको सुनको भाउ गत सातादेखि भने केही बढ्न थालेको हो।

सुनको भाउ एकैपटक घटेपछि बजारमा सुन अभाव नै हुन भयाे। व्यापारीहरुले समेत तोलामै ५ हजार रुपैयाँसम्म बढी तिर्नु पर्ने गरी सुनको कालोबजारी समेत भएको थियो।

तर अहिले बैंकहरुले आयात गरेको सुन धमाधम बजारमा जान थालेकोले सुनको आपूर्ति बढ्न थालेको छ। जसले गर्दा अब भने महासंघले तोकेका मूल्यभन्दा बढी तिर्नु पर्ने गरी भइरहेको कालोबजारी अन्त्य हुने व्यवसायीहरु बताउँछन्। तर अहिलेसम्म पनि सहज रुपमा सुन खरिद गर्न भने नपाउने अवस्था छ।

गत साता बजारमा सुन अभाव भएकै कारण व्यवसायीहरुले ग्राहकको अर्डर समेत लिन सकेका थिएनन्। यसले गर्दा ग्राहकले घटेको सुनको मूल्यको फाइदा लिन नसकेको अवस्था थियो।

अहिले बैंकहरुले आयात गरेको ७० किलो सुन बजारमा गइसकेको छ। यसले गर्दा पनि बजारमा सुनको आपूर्ति केही बढेको छ। अहिले मूल्य घटेको कारण सुनको माग पनि केही बढेको छ। नेपाली बजारमा पछिल्लो समय प्रतिदिन ५ किलोको हाराहारीमा सुन खपत हुने गरेको छ।

व्यवसायीको अनुरोधमा बैंकहरुले दुई साता अघिबाटै सुन आयात सुरु गरेका थिए। अहिले बैंकहरुबाट धमाधम व्यवसायीले सुन लगिरहेका छन्। सुनमा भन्सार दर घटे पनि व्यवसायीले बैंकले आयात गरेको सुन उठाउन थालेका हुन्।

गत साता चाँदीको भाउ भने घटेको छ। सातामा चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेको हो। अघिल्लो साताको अन्तिममा प्रतितोला १ हजार ८९० रहेको चाँदीको भाउ गत शुक्रबार १ हजार ८६० रुपैयाँमा झरेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।