निसान र होन्डाको मर्जरले टेस्लालाई चुनौती

Dec 19, 2024 11:21 AM Merolagani



अटोमोबाइलको संसारमा आफ्नो छुट्टै र पहिचान बनाएका दुई कम्पनी होन्डा र निसान अब एकसाथ हात मिलाउने तयारीमा रहेका छन्।

विश्व बजार बाहेक, होन्डा र निसानले चिनियाँ र अमेरिकी कम्पनीहरू, विशेष गरी टेस्ला र बीवाईडीसँग घरेलु बजारमा प्रतिस्पर्धा गर्न मर्जरका विषयमा विचार गरिरहेका छन्।

रोयटर्सको रिपोर्टका अनुसार होन्डा र निसानबीच सम्बन्धलाई थप सुधार गर्न निरन्तर वार्ता भइरहेको छ । दुबै कम्पनीहरूले सम्भावित मर्जर सहित धेरै फरक पक्षहरूका बारेमा विचार गरिरहेका छन्। दुवै कम्पनी एकै भएमा यो संयुक्त उद्यम विश्वको तेस्रो ठूलो अटो समूह बन्न सक्छ ।

५४ बिलियन डलरकाे संयुक्त उद्यम

यदि, होन्डा र निसान बीचको यो साझेदारीले आकार लिएमा ज्वाइन्ट भेन्चरले अटो वर्ल्डलाई नयाँ संरचना दिनेछ। हाेन्डा र निसानको संयुक्त मर्जरले ७.४ मिलियन गाडीहरूको वार्षिक उत्पादनको साथ ५४ बिलियन कम्पनी सिर्जना गर्नेछ। साेहि कारण, यो टोयोटा र फक्सवागनपछि गाडी बिक्रीको हिसाबले विश्वको तेस्रो ठूलो अटोमोबाइल समूह बन्नेछ ।

होन्डा र निसानबीच लामो समयदेखि वार्ता हुँदै आएको छ । यसको पहिलो रिपोर्ट जापानी पत्रिका निक्केइद्वारा दिइएको थियो। रिपोर्टका अनुसार, पूर्ण मर्जर बाहेक, दुई कम्पनीहरूले मित्सुबिसी मोटर्ससँग सहकार्य गर्ने तरिकाहरूमाथि पनि विचार गरिरहेका छन् जसमा निसान २४ प्रतिशत शेयरको साथ शीर्ष शेयरहोल्डर हुनेछ।


शेयरमा उतारचढाव

होन्डा र निसानको मर्जरको खबर बाहिरिएसँगै विश्व बजारमा दुवै कम्पनीको शेयरमा ठूलो परिवर्तन देखिएको छ । निसानको शेयरमा २४ प्रतिशतले वृद्धि आएको छ भने होन्डाको शेयर ३ प्रतिशतको गिरावट आएको छ । होन्डाको बजार मूल्य ४३ अर्ब डलरकाे हो जुन निसानको भन्दा चार गुणाले बढी हो ।

यद्यपि, यस विषयमा होन्डा, निसान वा मित्सुबिसीले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । होन्डा, निसान र मित्सुबिसीले भने कुनै पनि कम्पनीसँग सम्झौता घोषणा नगरेको बताए । यसबाहेक, निसानका प्रमुख शेयरधनी फ्रान्सेली अटोमेकर रेनो (RENA.PA)ले पनि यस विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

एजेन्सी ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।