यी तीन टिप्सले खोलिदिनेछ सेकेण्ड हयाण्ड आइफोनका सबै पोल, यसरी गर्न सकिन्छ चेक

Dec 20, 2024 02:51 PM Merolagani



के तपाईँ सेकेण्ड ह्याण्ड आईफोन खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ ? यदि यस्तो हो भने, तपाईँले केहि कुराहरुको ध्यान राख्नुपर्छ । यी कुराहरुको ध्यान नराखेमा भने ठुलो क्षति हुन सक्छ ।

कैयौं सेकेण्ड ह्याण्ड आईफोन बाहिरबाट हेर्दा नयाँ देखिन्छन् । तर, ग्राहकले यसबारेमा फोन किनेपछि मात्र थाहा पाउँछन् ।

यदि, तपाईँले यस्तो फोन किन्नुभएको छ भने त्यसलाई बनाउन धेरै पैसा खर्च गर्नुपर्ने हुनसक्छ । तर, तपाईँले सजिलै पुरानो आईफोनको अवस्था भने जाँच्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले, फोनमा इंटरनल वाटर ड्यामेज चेक गर्नुपर्दछ । यसका लागि, तपाईँको आईफोनको सिम कार्ड ट्रे निकाल्नुपर्छ ।

रातो रंग अथवा नो वारन्टी

तपाईँले यसमा एक व्हाइट स्टिकर पाउन सक्नुहुनेछ । यदि, स्टिकर रातो भएमा यसको अर्थ फोन वाटर ड्यामेज भएको छ र एप्पलले यसमा वारन्टी दिनेछैन ।

त्यसपछि, तपाईँको डिभाइसको ओरिजिनल पार्टस् चेक गर्नुपर्दछ । यसका लागि तपाईँले थ्रीयू टूल्स (3U Tools) एप डाउनलोड गर्नुपर्छ ।

यसपछि, तपाईँले आफ्नो फोनलाई कनेक्ट गर्नुपर्नेछ । डेस्कटपमा तपाईँले थ्रीयू डट कम(3U.com) मा गएर फोनलाई योसँग कनेक्ट गर्न सक्नुहुनेछ।

C7#

डिभाइस रिपाेर्टमा क्लिक गर्ने

त्यसपछि, तपाईँले डिभाइस रिपोर्टमा क्लिक गर्नुपर्नेछ । यहाँ तपाईँले फोनको ओरिजिनल र रिप्लेस्ड कम्पोनेन्ट्सको जानकारी प्राप्त गर्नुहुनेछ ।

यसरी, तपाईँले रियल ब्याट्री हेल्थको जानकारी पनि पाउन सकिनेछ । यसबाहेक, तपाईँले फोन डक्टर एप इन्स्टल गर्न सक्नुहुनेछ ।

त्यसपछि, तपाईँले एक टेष्ट रन गर्नुपर्दछ । यस एपको सहयोगबाट तपाईँले फोनको टच, सेन्सर, ब्याट्र्री र अन्य फीचर्स चेक गर्न पाउनुहुनेछ ।




comments powered by Disqus