लुम्बिनी विकास बैंकको लाभांश घोषणा

Dec 20, 2024 12:29 PM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।