५६ वर्षीय कुलप्रसाद आचार्य बालकोटमा डेरा लिएर बसेका छाेराहरू प्रबिन र मिलनलाई भेट्न आइपुगेका थिए । बुढेसकालमा भएपनि लाइसेन्स लिने चाहनाले पनि कूलप्रसाद भक्तपुर पुगेका थिए ।
जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङका निमित्त प्रमुख समेत रहेका कुलप्रसाद केहि दिनअघि छाेराहरू बस्ने काेठामा पुगेका थिए । तर, शनिबार मासु भात खाएर सुतेका बुवा कुलप्रसाद र २२ वर्षीय कान्छा छाेरा प्रवीण सोमबार बिहान मृत अवस्थामा भेटिए।
आइतबार बिहानदेखि नै बाहिरबाट ताला लागेकोले साेही घरमा भाडामा बस्ने अन्य व्यक्तिहरूले देखेका थिए ।आचार्य दाजुभाइ बस्ने उक्त फ्ल्याटमा चार कोठा रहेको छ । दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । छेउकै काेठामा बस्ने छिमेकीहरूका अनुसार कोठामा बाहिर ताला लागेकाे देखेपछि उनीहरूले बाहिर कतै गएकाे साेच्दै खासै चासाे राखेनन् । तर साेहि दिनभर तथा रातभर सम्म पनि कुनै चालचुल नपाएपछि उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थल पुगेर ढाेकाकाे ताल्चा फाेड्दा दुइ फरक फरक काेठामा बाबुछाेरा मृत भेटिए ।
तर, काेठामा कुलप्रसादका २५ वर्षीय जेठा छोरा मिलन भने काेठामा भेटिएनन् । जसपशचात् प्रहरीले फरार रहेका मिलनकाे खाेजी सुरू ग-याे । प्रहरीका अनुसार उनी आइतबार बिहान नै बालकाेटस्थित काेठाबाट बाहिरिएका देखिन्थे । मिलन फेला परिरहेका थिएनन्। तर अचानक मंगलबार बिहान उनी आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरे । उनले आफूले नै बालकोटमा बुबा र भाइलाई मारेको स्वीकारे ।
उनले आत्मसमर्पण गरेपछि थप सोधपुछका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली महाराजगन्ज पुगेको थियाे । महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे प्रश्न गरे ।
मिलनमा मानसिक असन्तुलनकाे समस्या
प्रहरीका अनुसार मिलनकाे मानसिक अवस्था ठिक देखिँदैन । उनले प्रेमिकासँगको तनावले आफ्नाे मन अस्थिर रहेकाे प्रहरीसँग बताएका छन् । अर्काेतर्फ, उनले पारिवारिक तनावका कारण पनि आफू याे अवस्थासम्म पुगेकाे जिकिर गरेका छन् । पटक-पटक लाेक सेवा आयाेगकाे परीक्षामा असफल भएपछि मानसिक रूपमा विक्षिप्त थिए मिलन । कैयाैं प्रयास गर्दा पनि, बुबाकाे सरकारी जागिर खाएको देख्ने सपना पुरा गर्न नसकेपछि उनी डिप्रेसनमा पुगेका थिए । साेहि तनावमा बुबाले समेत आत्महत्या प्रयास गरेकाे मिलनकाे भनाइ छ। त्यही दिनदेखि उनले बुवालाई खुसी पार्न नसकेकाे अनुभूति भइरह्याे। "साेहि क्रममा,सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ,’’ उनले बयानमा भनेका छन् । यसैरगी, घटना घटेकाे उनकाे भनाइ छ। मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेका थिए ।
मिलनले बुवा र भाइको हत्या गरेपछि आत्महत्याको समेत प्रयास गरेको दाबी गरेका छन् । तर उनकाे प्रयास सफल नभएपछि उनी भाैतारिएका थिएँ । जसपश्चात् उनले आत्मसमर्पण गरेका हुन् ।
मिलनलाई अब जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने भएकाे छ । यसका साथै, प्रहरीले उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउने भएकाे छ ।