जेजु एयर दुर्घटनाको कारण बीमा दावीमा रेकर्ड ! दबावमा पुर्नबीमा कम्पनी, हवाई बीमाको प्रिमियम बढ्ने

Dec 30, 2024 05:28 PM mero lagani



कोरियाको मुआन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार १७९ जनाको ज्यान जाने गरि भएको जेजु एयर दुर्घटनाका कारण बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो माग दावी परेको छ ।

सिओलबाट प्रकाशित हुने आर्थिक पत्रिका मेल बिजनेसका अनुसार यात्रु र चालक दलको करिब १.४७२ ट्रिलियन वोन अर्थात एक अर्ब डलर बराबरको (नेपाली रुपैयाँ करिब एक खर्ब ३० अर्ब) बराबरको बीमा दावी भएको छ । त्यसमाथि जहाजको बिमा दाबी समेत गर्दा त्यसको झण्डै दोब्बर दावी हुने अनुमान कोरियन हवाई उड्यनन कार्यालयका अधिकारीहरुले गरेका छन् ।

दुर्घटनामा परेको विमानको करिब १.५२५७ ट्रिलियन वोन अर्थात १.०३६५१ अर्ब डलर बराबरको बीमा गरिएको उक्त पत्रिकाले उल्लेख गरेको छ ।

जेजु एयरले उक्त जहाज र यात्रुको बीमा मध्ये कोरियाको सामसुङ फायर एन्ड मरिन इन्स्योरेन्समा ५५ प्रतिशत, केबी इन्स्योरेन्स कम्पनीमा २६ प्रतिशत, डिबी इन्स्योरेन्समा १३ प्रतिशत, मेरिट्ज फायर एण्ड मरिन इन्स्योरेन्स कम्पनीमा ३ प्रतिशत र हाना इन्स्योरेन्स कम्पनीबाट ३ प्रतिशत बराबरको बीमा गरिएको जानकारी दिएको छ । यी पाँच बीमा कम्पनीहरूले ९२.२ प्रतिशत एयरलाइन्स बीमा विदेशी पुनर्बीमाकर्तालाई दिएको र बाँकी ०.८ प्रतिशत मात्रै आफूले ग्रहण गरेका छन् ।

जेजु एयरको जहाज दुर्घटनाले मानविय र भौतिकरुपमा जति क्षति भएको छ, त्यत्तिकै क्षति पुर्नबीमा कम्पनीहरुले भोग्ने भएका छन् । यसअघिको सबैभन्दा महंगो इथियोपियन एयरको जहाजको दावी भुक्तानी रकम २.२५ बिलियन अमेरिकी डलर दावी भुक्तानी तिर्नुपरेको थियो । सो घटनापछि विश्वभर नै हवाई बीमाको महसुल उच्च मात्रामा बढेको थियो । यसपटक कजाकस्तानमा अजरबैजान एयरको जहाज दुर्घटना लगत्तै जेजु एयरको दुर्घटनाले हवाई बीमाको प्रिमियम थप बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।