नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

Jan 06, 2025 09:30 AM Merolagani



पुस २२ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (CIT) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कोषले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कोषको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कोषको शेयरमूल्य १ हजार ९७१ रुपैयाँ ९६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कोषको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा कोषको शेयर प्रतिकित्ता २ हजार ११० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कोषको शेयर कारोबार खुल्नेछ।

कोषले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।