साना किसान विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने

Jan 08, 2025 12:46 PM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था(SKBBL)ले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हाे ।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख रूपैयाँ खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रूपैयाँ पुगेको छ । यसैगरी आ.व २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रूपैयाँ रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रूपैयाँ पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु-याउन सफल यस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।