साना किसान विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने

Jan 08, 2025 12:46 PM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था(SKBBL)ले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हाे ।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख रूपैयाँ खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रूपैयाँ पुगेको छ । यसैगरी आ.व २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रूपैयाँ रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रूपैयाँ पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु-याउन सफल यस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।