लक्ष्मी सनराइज बैंकको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

Jan 08, 2025 03:15 PM Merolagani



लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएकाे छ । आज पुष २४ गते, बुधबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ।साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । यसका साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०/८१ मा ३३३ अर्ब रूपैयाँ निक्षेप र २५८ अर्ब रूपैयाँ कर्जा पु-याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रूपैयाँ रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।