बजारमा पुसको प्रभाव सकिएकै हो ?

Jan 08, 2025 05:55 PM Merolagani



पछिल्ला केही समयदेखि बजार निरन्तर रुपमा सकारात्मक रहेको छ । आजको बजार ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ भने ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पुस मसान्त नजिकिदै गर्दा समेत बजारमा दबाव खासै पर्न सकेको छैन । बिहीबारको बजार टिक्न सक्यो भने पुस मसान्तको दबाव बजारले थेग्न सकेकाे स्पष्ट हुने लगानीकर्ताहरुको बुझाई छ ।

बजार सामान्य अंकले सकारात्मक रहदै गर्दा बजार टिकाउनको लागि प्रयास भएको हुन सक्ने आंकलन पनि अर्काेतिर गरिएको छ । अर्को तर्फ कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको शेयर मूल्य नै पुनः आकासिन पुग्दा बजारमा अझै कारोबारी सक्रिय भएको प्रष्ट बुझिने लगानीकर्ताहरुको भनाइ छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।