बजारमा पुसको प्रभाव सकिएकै हो ?

Jan 08, 2025 05:55 PM Merolagani



पछिल्ला केही समयदेखि बजार निरन्तर रुपमा सकारात्मक रहेको छ । आजको बजार ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ भने ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पुस मसान्त नजिकिदै गर्दा समेत बजारमा दबाव खासै पर्न सकेको छैन । बिहीबारको बजार टिक्न सक्यो भने पुस मसान्तको दबाव बजारले थेग्न सकेकाे स्पष्ट हुने लगानीकर्ताहरुको बुझाई छ ।

बजार सामान्य अंकले सकारात्मक रहदै गर्दा बजार टिकाउनको लागि प्रयास भएको हुन सक्ने आंकलन पनि अर्काेतिर गरिएको छ । अर्को तर्फ कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको शेयर मूल्य नै पुनः आकासिन पुग्दा बजारमा अझै कारोबारी सक्रिय भएको प्रष्ट बुझिने लगानीकर्ताहरुको भनाइ छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।