गार्डियन माइक्रोको आईपीओ भर्ने १७ लाख बढीकाे हात खाली हुने

Jan 08, 2025 06:11 PM Merolagani



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(GMLIC)ले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर भर्ने १७ लाख बढीकाे हात खाली हुने भएकाे छ ।  आवेदन दिने अन्तिम दिनसम्ममा आईपीओमा १३.६५ गुणा बढी आवेदन परेकाे हाे । यसरी,आईपीओ भर्ने १७ लाख २२ हजार २४८ जनाकाे हात खाली हुने भएकाे हाे ।

पुस २१गतेदेखि निष्काशन गरिएकाे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १९ लाख ६ हजार ७४८ भन्दा धेरैको आवेदन परेको छ। सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा २ करोड ५१ लाख ९० हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको हो ।

कम्पनीको आईपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रूपैयाँ बराबरको शेयरका लागि आवेदन दिइएकाे छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियाे।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।