अब लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

Jan 09, 2025 01:44 PM Merolagani



अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन इडिएल प्रणालीबाट दिन सकिने भएकाे छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले लाइसेन्सको आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणाली लागु गर्ने भएको हाे । 

मन्त्रालयका अनुसार प्रणाली लागु गर्ने सम्पूर्ण तयारी भइसकेको छ । याे प्रणाली लागु भएपछि भने भुक्तानीदेखि लाइसेन्सका लागि आवेदन अनलाइनबाटै गर्न सकिनेछ । यसरी, अब निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाइनमा बस्नु नपर्ने भएकाे छ । 

अबको दुई सातामा नै प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूमा इडिएल प्रणाली लागू हुनेछ । त्यसपछि भने लाइसेन्सका आवेदकहरूले सबै प्रक्रिया अनलाइनबाट गर्न सकिनेछ । त्यसका लागि राष्ट्रिय परिचयपत्रसँग लिङ्कअप गरिएको छ ।

यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लाइसेन्सका लागि चाहिने बायोमेट्रिक लिइनेछ ।यसअघि, यातायात व्यवस्था विभागले गर्दै आएको काम अब भने बागमती प्रदेश सरकारले गर्न लागेको हो ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।