पूँजी बजारबाट सरकारले पर्याप्त लाभ लिन सकेन

Jan 09, 2025 07:17 PM Merolagani



लगातार बढेको शेयर बजार आज घटेको छ । यसदिन बजार १८.१४ विन्दुले घटेर २६३५.०९ अंकमा झरेको छ भने ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पुस मसान्त नजिकिएसँगै आजको बजारमा दबाव परेको हुन सक्ने आंकलन गरिएको छ । यद्यपि,  निरन्तर रुपमा बढेकाे बजारमा केही अंकको करेक्सन हुनुलाई सामान्य रुपमा लिनु पर्ने लगानीकर्ताहरुको बुझाई छ।

अहिलेको बजारमा लगानीकर्ताहरु सट्टेवाजीको रुपमा कारोबार गर्न बाध्य भएका छन् । सरकारले पूँजी बजार मार्फत पर्याप्त अवसरहरु प्रदान नगर्दा बजार सट्टेवाजीको रुपमा रुपान्तरण भएको पूँजी बजार विज्ञ डा. गोपाल प्रसाद भट्टले बताए । पूँजी बजारमा थप औजारहरु ल्याएर लगानीकर्ताहरुलाई अवसर प्रदान गर्न नसक्दा बजारबाट सरकारले प्रर्याप्त लाभ लिन नसकेको भट्टको भनाइ छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।