पूँजी बजारबाट सरकारले पर्याप्त लाभ लिन सकेन

Jan 09, 2025 07:17 PM Merolagani



लगातार बढेको शेयर बजार आज घटेको छ । यसदिन बजार १८.१४ विन्दुले घटेर २६३५.०९ अंकमा झरेको छ भने ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पुस मसान्त नजिकिएसँगै आजको बजारमा दबाव परेको हुन सक्ने आंकलन गरिएको छ । यद्यपि,  निरन्तर रुपमा बढेकाे बजारमा केही अंकको करेक्सन हुनुलाई सामान्य रुपमा लिनु पर्ने लगानीकर्ताहरुको बुझाई छ।

अहिलेको बजारमा लगानीकर्ताहरु सट्टेवाजीको रुपमा कारोबार गर्न बाध्य भएका छन् । सरकारले पूँजी बजार मार्फत पर्याप्त अवसरहरु प्रदान नगर्दा बजार सट्टेवाजीको रुपमा रुपान्तरण भएको पूँजी बजार विज्ञ डा. गोपाल प्रसाद भट्टले बताए । पूँजी बजारमा थप औजारहरु ल्याएर लगानीकर्ताहरुलाई अवसर प्रदान गर्न नसक्दा बजारबाट सरकारले प्रर्याप्त लाभ लिन नसकेको भट्टको भनाइ छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।