शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उनको जोड छ । उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए । उनले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताए ।
उनले भने, ‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चश्मामा चाहीँ भ्याट लाइरहेको छ । जस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । तर आजकल त के छ भन्दाखेरि पावरग्लास मात्रै होइन फेरि निकै फेन्सिबल चश्माहरु पनि हामी पाउँछौं । त्यस्ता चस्माहरु बाहेक आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्माहरुमा भ्याट हटउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन् । हाम्रो स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यु पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’
उनले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रसंशा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गरे ।