धितोपत्र बोर्डले दियाे नेपाल माइक्रोलाई आइपिओ निस्कासन गर्न स्वीकृति

Jan 10, 2025 05:23 PM Merolagani



नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको आधारमा सेयर जारी गर्ने अनुमति पाएको हो।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।