सर्वाेत्तम सिमेन्टको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश प्रस्ताव स्वीकृत

Jan 11, 2025 07:17 AM merolagani



सर्वाेत्तम सिमेन्टको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ७ % का दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव  गरेको थियो।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित भएको छ ।

 

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।