विश्व इतिहासकै सबैभन्दा महंगो विपत्ति बन्दै लस एन्जलसको आगो, अमेरिका किन यति कमजोर बन्यो ?

Jan 14, 2025 11:27 AM mero lagani



विश्वको सबैभन्दा शक्तिशाली भनिएको देश संयुक्त राज्य अमेरिका अहिले दोहोरो प्राकृतिक विपत्तीमा छ । एकातर्फ कैयाैँ राज्यहरुमा लगातार परिरहेको हिमपातले जनजीवन कष्टकर बनेको छ र ठूलो मात्रामा आर्थिक क्षति गरेको छ भने केही दिन यता लस एन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेको छैन । यो आगो अमेरिकी इतिहासमा मात्र होइन,विश्व इतिहासमै सबैभन्दा महंगो प्राकृतिक विपद बन्ने सम्भावना देखिदैंछ ।

आगलागीबाट अहिलेसम्म कम्तीमा २४ जनाको मृत्यु भैसकेको छ । आगो फैलने र त्यो नियन्त्रणको प्रयास भैरहेकोले यकिन क्षतिको आँकलन गर्न सम्भव छैन । तर मूल्याङ्कनकर्ताहरूले गत आइतबार आगो तुरुन्तै नियन्त्रणमा आएमा २७५ अर्ब अमेरिकी डलर खर्च हुने बताएका छन् ।

त्यो भनेको आगो नियन्त्रणको लागि गरिएको विश्वमै सबैभन्दा महंगो लागत हो । आगलागी नियन्त्रणमा नआए त्यसको असर अझ गम्भीर हुनेछ । अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन् जसलाई ८४ वटा विमान र १,३५४ वटा दमकलहरूले सघाइरहेका छन । तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने अनुमान गरेका छन् ।

आगलागी नियन्त्रणको लागि अमेरिकाकै विभिन्न प्रान्तहरुको साथै क्यानडा र मेक्सिको पनि सहयोग गरिररहेका छन् । तर आगलागी नियन्त्रण हुन सकेको छैन । हालसम्म १ लाख ५ हजार मानिसले आगलागीका कारण घर छोडेका छन् । लस एन्जलसका अग्नि नियन्त्रण सम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले थप मानिसहरुले घर छाड्नुपर्ने हुन सक्ने अवस्था रहेको चेतावनी जारी हुँदासाथ भाग्नका लागि तयार रहन शहरबासीलाई आग्रह गरेका छन् । अनिवार्य रूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटका घटना बढिरहेका छन् । कतिपय लुटेराहरु अग्नि नियन्त्रकको पोसाकमा रहेकोले सर्वसाधारणले छुट्याउन गाह्रो परिरहेको छ ।

विश्वको सर्वाधिक शक्तिशाली भएर पनि अमेरिकाले आगलागी नियन्त्रण गर्न नसक्नुलाई भने प्राकृतिक प्रकोप विरुद्धको उसको कमजोर प्रतिरक्षा प्रणालीलाई मुख्य कारण मानिएको छ ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।