‘पर्ख र हेर’ को अवस्थामा
बैंकको शेयरमूल्य हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ५२० देखि ५४० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ४४५ देखि ४६५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।
अन्योलमा लगानीकर्ता
यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। यसले हाल लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ जसले सो दिन बैंकको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
एआई सिग्नल
मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भए ३ वटा स्टकको स्टम लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।
कमजोर भोल्यूम
यस साता शेयरमूल्यसँगै भोल्यूम पनि घटेको छ। यस साता बैंकको दैनिक औषतमा ५९ हजार ८८० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ६८ हजार ४६२ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम १२.५३ प्रतिशत कम हो।
बुलिश प्रवृत्ति
यस साता बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। तर, यी दुबै रेखा शून्य रेखाभन्दा तल रहेका छन्। यसका साथै बैंकको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले बजारमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।
बिक्रीचाप बढी
यस साता बैंकको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता बैंकको शेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा सामान्य बढेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ०.०६ प्रतिशत र सञ्चालन मुनाफा १३.५१ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९९ पैसा रहेको छ।
२१ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब १९ करोड ९८ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ८० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ १ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २०.३५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.२३ गुणा रहेको छ।
आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको २७ करोड ५ लाख ६९ हजार ९७० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ५६४ रुपैयाँ ३ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ७०० रुपैयाँ रहेको छ भने न्यून मूल्य ४१९ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १ खर्ब ३२ अर्ब ३ करोड ८१ लाख ४५ हजार ३६० रुपैयाँ रहेको छ।
ब्रोकर ५८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५८ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको १८ हजार ४९७ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४२ ले बैंकको १७ हजार ७०७ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ४९ नम्बर रहेको छ। सो ब्रोकरले यस साता बैंकको ५० हजार ५४३ कित्ता शेयर बिक्री गरेको छ।
मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले फियर जोनमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु बैंकको शेयरमूल्य अझै घट्छ भन्ने डर रहेको संकेत गर्दछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)