समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्दै

Jan 28, 2025 12:24 PM Merolagani



समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित पारित गर्नेछ। त्यस्तै, सभाले शेयर पूँजी संरचना अनुपात संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।