टाटाले गोप्य रूपमा लन्च ग-यो सीएनजी एसयूभी, माइलेज कति दिन्छ ?

Jan 30, 2025 03:15 PM Merolagani



भारतकाे अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्नो सवारी साधन पोर्टफोलियोलाई गुपचुप रूपमा अपडेट गरेको छ। कम्पनीले घरेलु बजारमा आफ्नो प्रसिद्ध एसयूभी नेक्सन सीएनजीको नयाँ रेड डार्क एडिसन सार्वजनिक गरेको छ।

यो नयाँ भेरियन्ट डुअल-सिलिन्डर सिएनजी प्रविधिको साथ ल्याइएकाे छ। नेक्सन सीएनजी रेड डार्क एडिसनमा केही कस्मेटिक परिवर्तनहरू देखिएका छन् । ती परिवर्तनहरू यसको बाहिरी भागमा गरिएको छ। यसमा रातो रङको एक्सेन्ट, डार्क थिम भएकाे फिनिश र प्रिमियम इन्टेरियर समावेश छ। यसका पाङ्ग्राहरूमा रातो रङको एक्सेन्टसहित बोल्ड कार्बन ब्ल्याक पेन्ट फिनिश दिइएको छ जसले यो एसयूभीलाई अझ स्पोर्टी बनाएकाे छ।

यो नयाँ डार्क एडिसनको सुरुवाती मूल्य १२ लाख ७० हजार भारतीय रुपैयाँ तोकिएको छ।

गत वर्ष सेप्टेम्बरमा कम्पनीले नेक्सन आईसीएनजी सार्वजनिक गरेको थियो। साे समयमा यो एसयूभीको सुरुवाती मूल्य ८ लाख ९९ हजार भारतीय रुपैयाँ ताेकिएको थियो।

हाल कम्पनीले आफ्नो रेड डार्क एडिसनलाई तीन नयाँ भेरियन्ट क्रिएटिभ प्लस एस, क्रिएटिभ प्लस पीएस र फियरलेस प्लस पीएसमा प्रस्तुत गरेको छ। यी तीन भेरियन्टहरूको मूल्य यस प्रकार छ।

नेक्सन आईसीएनजी रेड डार्क संस्करणको मूल्यः

 भेरियन्ट                                                  मूल्य (एक्स-शोरूम)
क्रिएटिभ + एस                                             १२.७ लाख भारु 
क्रिएटिभ + पीएस                                          १३.७ लाख भारु 
फियरलेस + पीएस                                        १४.५ लाख  भारु 

के-के छ विशेषता ?

यो संस्करणमा १.२ लिटर टर्बो-पेट्रोल इन्जिन दिइएकाे छ। यसले अधिकतम ९९ बीएचपी पावर दिन्छ। यसमा प्रत्यक्ष सीएनजी स्टार्ट प्रविधि रहेको छ । साेहि कारणले, यो भारतीय बजारमा पहिलो टर्बोचार्ज्ड सीएनजी मोडल बनेकाे छ। स्टाण्डर्ड भेरियन्ट जस्तै यो विशेष संस्करणमा विशेष रूपमा ६-स्पीड म्यानुअल गियरबक्स दिइएकाे छ।

के-के सुविधाहरू पाइन्छ ?

कम्पनीका अनुसार रातो छालाको अपहोल्स्ट्री, आकर्षक रातो सिलाई र चमकदार पियानो कालो विवरणहरूले क्याबिनलाई परिष्कृत स्पर्श दिएकाे छ। यसैगरी, यसमा १०.२ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, ३६०-डिग्री क्यामरा, एक डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, जेबीएलका ६-स्पिकरहरू, स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिटहरू, वायरलेस चार्जिङ र एउटा प्यानोरामिक सनरुफ पाउन सकिनेछ।

अन्य सुविधाहरूमा एल्यूमिनिटेड लोगो सहितको दुई-स्पोक स्टेयरिङ ह्वील, हिल-होल्ड कन्ट्रोल, स्टेयरिङ-माउन्टेड कन्ट्रोल, ISOFIX चाइल्ड सिट माउन्ट, रिभर्स पार्किङ सेन्सर, रियर एसी भेन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), रियर पावर आउटलेट, इन्जिन स्टार्ट/स्टप बटन र एयर प्युरिफायर समावेश छन्।

कति दिन्छ एसयूभी ?

टाटा नेक्सन भारतको सबैभन्दा सुरक्षित एसयूभी मध्येकाे एक हो। क्र्यास टेस्टमा यसले ५-तारे रेटिङ पाएको छ। माइलेजको कुरा गर्दा, यसको पेट्रोल भेरियन्टले प्रतिलिटर करिब १७ किलोमिटर माइलेज दिन्छ भने डिजेल भेरियन्टले प्रतिलिटर २३ किलोमिटर सम्मको माइलेज दिन्छ। सीएनजी भेरियन्टले करिब १७ किमी/किलोग्रामको माइलेज पनि दिन्छ।

एजेन्सीकाे सहयाेगमा ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।