स्मार्ट तरिकाले फोनपे बिल्स मार्फत बीमा प्रीमियम तिर्न सकिने

Feb 03, 2025 01:25 PM Merolagani



फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एप मार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १००% क्यासब्याक  १५ हजार रूपैयाँसम्म प्राप्त गर्नेछन्।

यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ, जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।

सहभागी हुनको लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि, उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुनेछन् र १००५ क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।



सहभागीता कसरी गर्ने:
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्ने
२. "फोनपे बिल्स" वा "अनलाइन भुक्तानी" सेक्सनमा जाने
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये "बीमा" विकल्प छान्ने
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्ने र सबै विवरणहरू सही छन् गरी जाँच गर्ने
५. भुक्तानी पुष्टि गर्ने

भुक्तानी सफल भएपछि, १००% क्यासब्याक जित्ने लकी ड्रा को लागि योग्य हुन सकिनेछ ।

यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर रहेकाे कम्पनीकाे भनाइ छ।

फोनपे बिल्स फोनपेको एक सेवा हो जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।