नेपाल वेयरहाउजिङ्गको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार शर्मा नियुक्त

Feb 03, 2025 01:32 PM Merolagani



नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड (NWCL)को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार शर्मा नियुक्त भएका छन् । शर्मा सँग भारतमा कोल्याट्रल म्यानेजमेन्ट, वेयरहाउस रिसिप्ट् फाइनान्सिङ्ग तथा वेरहाउजीङ्ग सम्बन्धी तीन दशक भन्दा बढीको अनुभव रहेको छ ।

शर्माले श्रम तथा व्यवस्थापन सुरक्षा विभागबाट यही माघ ४ गते नेपाल वेयरहाउजिङ्ग कम्पनीमा एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्न श्रम इजाजत प्राप्त गरेका थिए । त्यसै बमोजिम आइतबारको दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, नेपाल इन्फ्रास्टक्चर बैंक, एनएमबि बैंक र आइएमई जनरल इन्स्योरेन्स प्रमुख लगानीकर्ता रहेका छन् । कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित आधुनिक खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधनकर्ता, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म तीन वटा जिल्लाहरूमा ५५ हजार मट्रीक टनको वेयर हाउस निर्माण गरेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।