२३ लाख सरकारी कर्मचारी निष्कासित गर्दै एलन मस्क, अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कर्मचारी निष्कासन

Feb 04, 2025 11:05 AM mero lagani



अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले २३ लाख सरकारी कर्मचारीलाई निष्कासित गर्ने भएका छन् । यो अमेरिकी कर्मचारी प्रशासनकै इतिहासकै ठूलो घटना भएको बताइएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार मस्कले सरकारी कर्मचारीलाई अहिले धमाधम राजीनामा गर्न चेतावनी दिँदै पठाइरहेका छन् । ‘सरकारको लागि धेरै काम गर्यौ, अब सपनाको गन्तव्यमा गएर छुट्टी मनाउ’ भन्दै ती कर्मचारीहरुलाई धमाधम इमेल पठाउने काम भइरहेको बताइएको छ । इमेलमा सरकारी कर्मचारीहरूलाई स्वेच्छाले जागिर छोडेमा नगद प्रोत्साहन सहित बिदा दिने प्रस्ताव गरिएको छ ।

राजीनामा दिन आनाकानी गर्ने कर्मचारीहरुलाई हतोत्साहित गर्न शुरु गरिएको छ । त्यसक्रममा कतिपय कर्मचारीलाई कुनै काम नै नदिइ त्यत्तिकै राखिएको छ भने कतिपयलाई भने मुद्दामामिलामा फसाईदिने भन्दै मस्कका सहयोगीहरुले धम्की दिन थालेको बताइएको छ । उनीहरुले संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामती किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो ।

ती कर्मचारी हटाएपछि ती मध्ये कतिपय महत्वपूर्ण पदहरुमा मस्कले आफ्नो कम्पनीका कर्मचारीहरुलाई नियुक्त गर्न लागेको समाचर संस्थाहरुले उल्लेख गरेका छन् ।

स्मरणरहोस सरकारी प्रशासन सुधारका लागि भन्दै डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित हुनासाथ दक्षता विभाग स्थापना गरेका थिए । उनले यसको जिम्मेवारी सम्हाल्न विवेक रामास्वामी र इलनलाई छानेका भए पनि ट्रम्पले जनवरी २० मा शपथग्रहण गरेको केही घण्टापछि नै रामास्वामीले नियुक्ति अस्विकार गरेको घोषणा गरेका थिए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।