व्हाट्सएप प्रयोगकर्तामाथि साइबर आक्रमण, कैयाैंको खाता ह्याक भएकाे मेटाद्वारा पुष्टि

Feb 03, 2025 05:01 PM Merolagani



ह्याकरहरूले व्हाट्सएपमा आक्रमण गरेको मेटाले पुष्टि गरेको छ। यस ह्याकिङमा जीराे क्लिक प्रविधिकाे प्रयोग गरिएको थियो। संचारमाध्यमकाे पुराना रिपोर्टका अनुसार केही व्हाट्सएप प्रयोगकर्ताहरू साइबर आक्रमणकारीहरूको निशानामा रहेको दाबी गरेका थिए।

मेटाले यो साइबर आक्रमणमा प्यारागनको ग्राफाइट नामक निगरानी सफ्टवेयर प्रयोग गरिएको आरोप लगाएको छ। व्हाट्सएपको मालिक मेटाले करिब ९० जना यस साइबर आक्रमणको शिकार भएको बताएको छ।

साइबर आक्रमणकारीहरू कति प्रयोगकर्ताहरूसम्म पुगे ?

इन्क्रिप्टेड मेसेजिङ एपले साइबर आक्रमणकारीहरूले ९० जनासम्म पुगेर उनीहरूलाई पीडित बनाएको र सम्भवतः उनीहरूको डाटा चोरी गरेको पुष्टि गरेको छ। यी ९० जना पत्रकार र कैयाैं उच्च प्रोफाइल व्यक्तित्वहरू भएको बताइएको छ । यद्यपि उनीहरूको विवरण भने खुलाइएको छैन।

विभिन्न  २० देशका थिए पीडित

आक्रमणकारीहरूले चुनिएका व्यक्तिहरूलाई लक्षित गरेकाे मेटाले पुष्टि गरेको छ । जसमध्ये धेरै पत्रकार र नागरिक समाजका सदस्यहरू रहेका थिए। यी मानिसहरू २० विभिन्न देशहरूका रहेकाे कम्पनीको दाबी रहेकाे छ ।

जिराे क्लिक अट्याकका पीडितहरू

प्यारागन सोलुसनको ग्रेफाइटले वास्तवमा जिराे क्लिक टेकनीकमा काम गर्छ। यसको अर्थ यसले क्लिक नै नगरी उपकरणमा पहुँच गर्न सक्छ र डाटा ह्याक गर्ने क्षमता राख्छ। मोबाइल मालिकलाई यो ह्याकिङको बारेमा कुनै जानकारी हुँदैन। यो जानकारी संचारमाध्यमकाे रिपोर्टहरूबाट प्राप्त भएको हो।

जीमेल प्रयोगकर्ताहरूलाई पनि चेतावनी

जीमेलले पनि चेतावनी दिँदै सबै प्रयोगकर्ताहरूलाई सावधान रहन आग्रह गरेको छ। यसका २,५०० करोड प्रयोगकर्ताहरू छन् र सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

हालै, धेरै प्लाटफर्महरूमा आक्रमणको बारेमा जानकारी बाहिर आएको छ तर जीमेलको प्रयोगकर्ता आधार धेरै ठूलो छ। जीमेलमा धेरै संवेदनशील विवरणहरू छन्, यदि ती चोरी भएमा, ह्याकरहरूले तपाईंको बैंक खाता पनि खाली गर्न सक्छन्।

एजेन्सी ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।