लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Feb 03, 2025 06:28 PM Merolagani



लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नबिल इन्भेष्टमेण्ट  बैंकिङ लिमिटेड(NIBL)लाई नियुक्त गरेको छ ।

सो सम्झौतामा लुम्बिनी सेरामिक्सका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

लुम्बिनी सेरामिक्सले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हाे। कम्पनीले ६ महिनाभित्र आईपीओ निष्काशन गर्ने तयारी गरेकाे छ ।

लामिनार टाईल्स नेपालको पहिलो र एकमात्र सतप्रतिशत भिट्रीफाईड टाईल्स हो जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।

लामिनार टाईल्स् नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ।

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।