लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Feb 03, 2025 06:28 PM Merolagani



लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नबिल इन्भेष्टमेण्ट  बैंकिङ लिमिटेड(NIBL)लाई नियुक्त गरेको छ ।

सो सम्झौतामा लुम्बिनी सेरामिक्सका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

लुम्बिनी सेरामिक्सले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हाे। कम्पनीले ६ महिनाभित्र आईपीओ निष्काशन गर्ने तयारी गरेकाे छ ।

लामिनार टाईल्स नेपालको पहिलो र एकमात्र सतप्रतिशत भिट्रीफाईड टाईल्स हो जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।

लामिनार टाईल्स् नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ।

 

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।