सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

Feb 04, 2025 07:03 AM Merolagani



सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९(७८ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।