प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

Feb 04, 2025 10:54 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २.४१ अंक बढेर २७३०.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५७ अंक बढेर २७३३.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७१ स्टकको १११ पटकको कारोबारमा ५२ लाख ७५ हजार ७५ रुपैयाँ ३० पैसाबराबरको ७ हजार ३०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।