वित्तीय खर्च घटेपछि एशियन हाइड्रोपावरको नोक्सानी घट्यो

Feb 04, 2025 01:28 PM Merolagani



एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड २९ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.३३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २.२० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशत बढको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १७.५७ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४ पैसा रहेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।