भारत सरकारको नयाँ निर्णयले सस्तो हुँदै केहि बाइक, हार्ले र डुकाटी जस्ता प्रिमियम बाइक सस्तिदै

Feb 04, 2025 03:20 PM Merolagani



के तपाईं नयाँ सुपरबाइक किन्ने योजनामा ​​हुनुहुन्छ ? यहि हाे भने, यो तपाईंको लागि उत्तम समय हो। किनकी केहि माेटरसाइकल सस्ताे मूल्यमा खरिद गर्न सकिने भएकाे छ । 

भारत सरकारले २०२५ को बजेटमा मोटरसाइकलमा आयात शुल्क घटाउने घोषणा गरेसँगै केहि माेटरसाइकल सस्तिने भएकाे हाे। सरकारको यो निर्णयका कारण अब हार्ले-डेभिडसन, डुकाटी जस्ता प्रिमियम बाइकहरू सस्तो हुनेछन्। यसपटकको भारतकाे बजेटमा उच्च क्षमताका मोटरसाइकलको आयात शुल्क घटाइएको छ।

यसका साथै, हार्ले-डेभिडसन ट्यारिफ धेरै वर्षदेखि भारत र अमेरिका बीच विवादको विषय बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा धेरै पटक बोलेका छन् र भारतलाई कर सुधार गर्न आग्रह गरेका छन्। यस पटकको बजेटमा गरिएको यो नयाँ घोषणाले दुई देशबीचको ट्यारिफ मुद्दामा देखिएको तनाव कम गर्ने अपेक्षा गरिएको छ।

कति सस्तो भए बाइकहरू ?

भारत सरकारको नयाँ निर्णय अनुसार कम्प्लीट बिल्ट युनिट (सीबीयू)को रूपमा आयात गरिने १,६०० सीसीसम्मको इन्जिन क्षमता भएका मोटरसाइकलको आयात शुल्क ५० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारिएको छ। यी बाइकहरू सीबीयू रुटबाट आयात गरिएका थिए । साेहि कारण यी बाइकहरूकाे मूल्य उच्च थियो।

यसबाहेक, १,६०० सीसी भन्दा बढी इन्जिन क्षमता भएका मोटरसाइकलहरूमा आयात शुल्क थप कटौती गरिएको छ। यी बाइकहरूमा आयात शुल्क ५० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ। नयाँ बजेट अनुसार, सेमी-नक्ड डाउन(SKD)  किटहरूमा आयात शुल्क २५ प्रतिशतबाट घटाएर २० प्रतिशत गरिएको छ । यसैगरी, पूर्ण रूपमा नक्ड डाउन (CKD) मार्गमा शुल्क आयातित बाइकहरूमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरिएको छ।

यो शुल्क कटौतीले भारतमा हार्ले-डेभिडसन र डुकाटी जस्ता ब्रान्डका प्रिमियम मोटरसाइकलहरूको मूल्यमा उल्लेखनीय कमी ल्याउनेछ। यससँगै, यी महँगा र धेरै मूल्य रहेका बाइकहरू पनि मानिसहरूलाई सजिलै उपलब्ध हुनेछन्। यसले आयातित प्रिमियम बाइकको माग बढ्ने अपेक्षा गरिएको विज्ञहरू विश्वास गरेका छन्।

आयातित बाइकमा कर घटाउने निर्णय यस्तो समयमा आएको छ जब डोनाल्ड ट्रम्पले अमेरिकी वस्तुहरूमा उच्च कर लगाउने देशहरूमाथि पनि पारस्परिक कर लगाउने धम्की दिएका छन्। गत वर्षकाे डिसेम्बरमा ट्रम्पले भारतले लगाएको कर उच्च रहेको बताएका थिए। उनले भने, "यदि उनीहरूले हामीमाथि कर लगाउँछन् भने, हामी पनि उनीहरूमाथि उत्तिकै कर लगाउँछौं।"

यसरी, नेपालमा पनि यी सवारीसाधनकाे मूल्य घट्ने देखिन्छ । भारतबाट नेपालमा भित्रिने यी माेटरसाइकल केहि सस्तिने अनुमान लगाइएकाे हाे । यद्धपी के कति घट्ने भन्ने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएकाे छैन ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।