नेपाल चेम्बर अफ कमर्स एक्सपो २०२५ मा कजारिया टाइल्सकाे प्रदर्शनी

Feb 04, 2025 04:30 PM Merolagani



नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)ले माघ ३० देखि फागुन २ गतेसम्म भृकुटीमण्डपमा विभिन्न उद्योग व्यवसायीहरुको भेला हुने गरी चार दिने कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रमले कम्पनीहरूलाई आफ्ना उत्पादनहरू र आविष्कारहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको थियो ।

नेपालको अग्रणी टायल ब्रान्डहरूमध्येकाे एक, कजारिया रमेश टाइल्स लिमिटेडले कार्यक्रममा एक आकर्षक स्टल राख्यो, जहाँ नेपालमै गर्वका साथ उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखिएको थियो। मजबूती, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले बिशेष चासो व्यक्त गरेका थिए।

कार्यक्रमको एक महत्वपूर्ण क्षणमा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टाइल्स लिमिटेडको स्टल सहित विभिन्न स्टलहरू भ्रमण गरे। कजारिया रमेश टाइल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरू प्रधानमन्त्रीलाई प्रस्तुत गर्न पाएकोमा गर्व महसुस गरेको बताएकाे छ।

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले आफ्नो विचार साझा गर्दै भने, “हामी यस प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मुल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो।“

रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

यो कार्यक्रम फेब्रुअरी २ सम्म चलेको थियो, जसले आगन्तुकहरूलाई कजारियाको नवीनतम डिजाइनहरू अवलोकन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।