मूल्य बढेर टप ट्रनओभरमा कम्पनी छन्, बजार बलियो छ

Feb 05, 2025 05:45 PM Merolagani



शेयर बजारमा सामान्य करेक्सन भएर बन्द भएको छ । बुधबार बजार ४.४५ अंक घटेर २७११.४५ विन्दुमा झरेको छ भने झण्डै ९ अर्ब रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पछिल्ला केही समयदेखि बजारमा एक दिनको उच्च वृद्धिपछि केही कारोबार दिन बजार सुस्ताउने गरेको देखिन्छ । साेही अनुसार आजको बजार पनि बढ्न नसके  पनि ठूलो अंकको गिरावट नभएको लगानीकर्ताहरुको बुझाइ रहेको छ । बजारमा ८ अर्ब माथिको कारोबार रकम दैनिक रुपमा हुंदै आएको छ ।

यसले बजारमा पैसा भित्रिएको छ भन्ने कुरालाई प्रष्ट पार्ने लगानीकर्ताहरुको मत छ । यो बेला आजको भोलि भन्दा पनि केही महिनाको योजना बनाएर लगानी गर्दा राम्रो लाभ आर्जन गर्न सकिने लगानीकर्ताहरुको बुझाइ छ । टप ट्रनओभर भएका कम्पनीहरुको मूल्य बढेको छ,बजार बलियो छ भन्नेमा विश्वस्त हुन सकिने लगानीकर्ताहरुको बुझाई छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।