मूल्य बढेर टप ट्रनओभरमा कम्पनी छन्, बजार बलियो छ

Feb 05, 2025 05:45 PM Merolagani



शेयर बजारमा सामान्य करेक्सन भएर बन्द भएको छ । बुधबार बजार ४.४५ अंक घटेर २७११.४५ विन्दुमा झरेको छ भने झण्डै ९ अर्ब रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पछिल्ला केही समयदेखि बजारमा एक दिनको उच्च वृद्धिपछि केही कारोबार दिन बजार सुस्ताउने गरेको देखिन्छ । साेही अनुसार आजको बजार पनि बढ्न नसके  पनि ठूलो अंकको गिरावट नभएको लगानीकर्ताहरुको बुझाइ रहेको छ । बजारमा ८ अर्ब माथिको कारोबार रकम दैनिक रुपमा हुंदै आएको छ ।

यसले बजारमा पैसा भित्रिएको छ भन्ने कुरालाई प्रष्ट पार्ने लगानीकर्ताहरुको मत छ । यो बेला आजको भोलि भन्दा पनि केही महिनाको योजना बनाएर लगानी गर्दा राम्रो लाभ आर्जन गर्न सकिने लगानीकर्ताहरुको बुझाइ छ । टप ट्रनओभर भएका कम्पनीहरुको मूल्य बढेको छ,बजार बलियो छ भन्नेमा विश्वस्त हुन सकिने लगानीकर्ताहरुको बुझाई छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।