हिमालयन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा कति?

Feb 06, 2025 09:42 AM Merolagani



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ८.७३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ कराड ६२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आमदानी ११.२५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तााी ७.४९ प्रतिशत बढेको छ भने कुल खर्च २.५८ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७५ पैसा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ।

८ अर्ब २ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४६ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।