दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्काशन गर्न बाेर्डकाे अनुमति

Feb 06, 2025 11:39 AM Merolagani



नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीले माघ २२ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।