नबिल बैंकको लाभांश घोषणा

Dec 07, 2025 09:51 AM Merolagani



नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




कुन कम्पनीकाे लाभांश पच्याे? कसको पच्न बाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचीसहित)

Dec 05, 2025 06:07 AM

सुवास निरौला

कम्पनी स्थापना गर्दा किनेको संस्थापक शेयर होस् अथवा प्राथमिक बजारमा किनेको आईपीओ अनि दोस्रो बजार मार्फत शेयर किन्नुको प्रमुख प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हो।