एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

Feb 13, 2026 10:24 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

बैंकले आर्थिक वर्ष २०७९/८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोपश्चात बैंकले कुनै आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन।

हाल भने बैंक ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।