पञ्चकन्या ग्रुपका गुणस्तरीय र आकर्षक बाथवयरका सामानहरु नेपाली बजारमा (भिडियाेसहित)

Feb 07, 2025 04:10 PM Merolagani



नेपालको उद्योग क्षेत्रको एक औद्योगिक घराना पञ्चकन्या ग्रुपले वाथवयरका सामानहरु विधिवत रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल बाथवयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरको विकल्पहरुबीच विभाजित भएको छ जसले उपभोक्ताहरुलाई सीमित विकल्प मात्र दिएको छ ।

पञ्चकन्या ग्रुपले लामो समयको अनुसन्धानपछि ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी बाथवयरका सामग्रीको बिक्रीको थालनी गरेको जनाएकाे छ । यसमा गुणस्तर र किफायती धारा, सावर र अन्य बाथवयर सामग्रीहरू छन्। जर्मन प्रविधि र उत्कृष्ट डिजाईन सहित, पञ्चकन्या बाथवेयरले गुणस्तरीय,टिकाउ र सबैको पहुँचमा हुने बाथवेयर उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

कम्पनीले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगाे उत्पादनहरू पु-याउने कम्पनीकाे प्रतिबद्धतामा यसले महत्वपूर्ण उपलब्धि हासिल गरेकाे दाबी गरेकाे छ ।

लक्जरी र गुणस्तरको नयाँ स्तर 

एक वर्षकाे विस्तृत बजार अनुसन्धानपछि विकास गरिएको पञ्चकन्या बाथवेयर उच्च गुणस्तरले बनाइएको छ । जसले ब्रासबाट बनेको क्रोम फिनिश उत्पादनलाई सुनिश्चित गर्छ ।

नेपालभर बढ्दो उपस्थिती

पञ्चकन्या बाथवेयर अहिले नेपालभरि १० वटा वितरकहरुमार्फत् उपलब्ध छ र कम्पनीको लक्ष्य नेपाली आर्थिक वर्षको अन्त्यसम्म पूवमदेखि पश्चिमसम्म १०० वटा आउटलेटमा विस्तार गर्ने लक्ष्य लिएको छ । 

पञ्चकन्या ग्रुपकाे लक्ष्य

पञ्चकन्या बाथवेयरको उद्देश्य सबैलाई बाथरुमका लक्जरी सामग्रीहरुमा सहजता कायम गर्नु हो । यसमा उत्कृष्ट धारा, सावर र अन्य सामानहरू छन्, जसले घरलाई सुन्दर बनाउनुका साथै किफायति पनि छन्। १० वर्षकाे वारेन्टी, आकर्मक किजाइन र आधुनिक प्रविधिसहित, पञ्चकन्या बाथवेयरले नेपाली बाथवेयर उद्योगमा नयाँ परिवर्तन ल्याउँदैछ। यसले घरघरमा उत्कृष्ट गुणस्तर, स्टाइल र उचित मूल्यमा बाथवेयरका सामग्री उपलब्ध गराउनेछ। 

पञ्चकन्या ग्रुपकाे बारेमा

पञ्चकन्या ग्रुपले नेपालमा विभिन्न विकास निर्माण कार्यको लागि उच्च गुणस्तर र दिगाे सामानहरू प्रदान गर्दछ। पञ्चकन्या बाथवेयरको परिचय कम्पनीको इतिहासमा एक अर्काे महत्वपूर्ण कदम हो, जसले नेपाली उपभोक्ताको जीवनलाई सुधार्ने उत्पादनहरू उपलब्ध गराउने काम गर्दैछ।

यसले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगाे उत्पादनहरू पु-याउने कम्पनीको प्रतिबद्धतामा यसले महत्वपूर्ण उपलब्धी हासिल गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीका आधिकारिक व्यक्तिहरूवाट गरिएकाे बिस्तृत विवरण भिडियाेमा प्रस्तुत छ : 




comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।