प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

Feb 09, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११.६४ अंक घटेर २६९९.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२९ अंक घटेर २६९७.५१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ७३ स्टकको १५५ पटकको कारोबारमा ४ करोड ९४ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसाबराबरको ९७ हजार १७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।