सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Feb 10, 2025 10:58 AM Merolagani



माघ २८ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।