इभेन्ट सोलुसनले मनायो दशौं वार्षिकोत्सव, इभेन्ट व्यवस्थापन सेवामा स्थापित हुँदै

Feb 12, 2025 05:34 PM Merolagani



इभेन्ट सोलुसन प्रा. लि.ले स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । बुधबार ललितपुरको ज्वागलस्थित इभेन्ट सोलुसनको कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी इभेन्ट सोलुसनले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा इभेन्ट सोलुसनले स्थानीय स्काउट, बाराही टोल विकास समिति, ललितपुर महानगरपालिका १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागि ८० जनाभन्दा धेरैले रक्तदान गरेका छन्।

इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले १० वर्षे यात्राका क्रममा इभेन्ट सोलुसनसँग जोडिएका सबै सेवाग्राहीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यका लागि अनुरोध गरे । विभिन्न किसिमका एक्स्पो आफैँले आयोजना गर्दै आएको इभेन्ट सोलुसनले देशव्यापी रुपमा विभिन्न किसिमका कार्यक्रमहरुको व्यवस्थापन सेवा पनि दिंदै आएको छ ।

‘बि अ गेष्ट एट योर ओन इभेन्ट’ भन्ने नाराका साथ सेवा प्रवाह गर्दै आएको इभेन्ट सोलुसनले विभिन्न आरोह अवरोह वीचको संघर्ष र मेहनतले कम्पनी स्थापित भएको कम्पनीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । साथै सवैको साथ र सहयोगले इभेन्ट सोलुसनलाई स्थापित ब्राण्ड बनाउन सकिएको प्रधानको भनाई थियो । वार्षिकोत्सवको शुभ दिनमा स्थानिय संस्था, तथा स्काउटसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै प्रधानले सहयोगी, रक्तदाता तथा कार्यक्रममा उपस्थित सबैलाई कृतज्ञता ज्ञापन गरेका थिए ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष एवं १८१औं कृतिमानी रक्तदाता प्रेम सागर कर्माचार्यले रक्तदान जीवनदान भएको भन्दै हरेक व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गरी अरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । बाराही टोल विकास संस्थाका अध्यक्ष सुशिल अमात्यले इभेन्ट सोलुसनको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उत्तरोत्तर सफलताको शुभकामना व्यक्त गरेका थिए ।

इभेन्ट सोलुसनले साना ठुला सबै किसिमका कार्यक्रम, प्रदर्शनी लगायतका इभेन्ट व्यवस्थापन तथा त्यसका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । राष्ट्रियस्तरका साथै क्षेत्रीय र स्थानीयस्तरका प्रदर्शनी तथा इभेन्टको चुस्त व्यवस्थापन तथा आयोजनाका कारण स्थापनाको छोटो समयमा नै इभेन्ट सोलुसन परिचित ब्राण्डका रुपमा स्थापित भएको छ ।

२०७१ माघ ३० गते स्थापना भएको इभेन्ट सोलुसनले राजधानीका साथै देशका सबै स्थानमा प्रभावकारी रुपमा आफ्नो सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउंदै जाने प्रतिबद्धता जनाएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।