सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

Feb 13, 2025 10:41 AM Merolagani



फागुन १ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेकाे हो भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।