एम्पेयर इलेक्ट्रिक स्कुटरकाे भ्यालेन्टाइन अफर, प्रेमील जाेडीको उमेर सरह छुट पाइने

Feb 13, 2025 02:27 PM Merolagani



भ्यालेन्टाइन्स डेकाे माैकामा एम्पेयर इलेक्ट्रिक स्कुटर खरिद गर्दा प्रेमिल जाेडीकाे उमेरका आधारमा विशेष छुट पाइने भएकाे छ । नेपालमा केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेसनल प्रालिले विशेषा छुट दिनेगरी यो योजना सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत जोडीहरूले आफ्नो संयुक्त उमेर बराबरको छुट पाउने भएका छन् । कम्पनीका अनुसार प्रेमीको उमेर २५ वर्ष र प्रेमिकाको उमेर २० वर्ष भएमा साे स्कुटरमा ४५ हजार रुपैयाँकाे छुट प्रदान गरिनेछ।

यस छुटको अधिकतम सीमा एक लाख ५० हजार रुपैयाँ रहेकाे कम्पनीकाे भनाइ छ । यो अफर एम्पेयरको ‘प्रिमस’ मोडलमा लागू हुनेछ भने विवाहित वा अविवाहित दुवै खालका जोडीले यस अफरमा सहभागीता जनाउन सक्नेछन् ।

कम्पनीका अनुसार एम्पेयर प्रिमस स्कुटर किन्दा छुट पाउनका लागि ग्राहकहरूले आफ्नो नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएर आधिकारिक एम्पेयर शोरुममा जानुपर्नेछ । यस कम्पनीकाे शाेरूम टेकु, इटहरी, भक्तपुर बिर्तामोड, पोखरा र भैरहवामा अवस्थित छ । याे अफर भ्यालेन्टाइन्स डे अथवा फेब्रुअरी १४,शुक्रबारसम्म मात्र सिमित रहेकाे छ ।

भारतको चर्चित ईभी ब्रान्ड एम्पेयर इलेक्ट्रिक स्कुटरले नेपालमा म्याग्नस, प्रिमस र नेक्सस गरी तीन प्रकारका मोडल वितरण गरिरहेकाे छ।

एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटरकाे अधिकतम गति ७७ किलोमिटर प्रति घण्टाको रहेको छ । कम्पनीका अनुसार शून्यदेखि ४० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न यसलाई ४.२ सेकेन्ड मात्र लाग्छ । याे स्कुटर एक पटक चार्ज गर्दा पावर मोडमा १०७ किलाेमिटरसम्म गुडाउन सकिन्छ । यस स्कुटरको मोटर, ब्याट्री र गाडीमा तीन वर्ष वा ३० हजार किमिसम्मको वारेन्टी पाउन सकिनेछ ।

यस स्कुटरको १८६ एनएम टर्क र १४ डिग्री उकालो चढ्ने क्षमता रहेकाे छ । स्कुटरमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ भने ४८ भोल्टको यो ब्याट्रीलाई फुल चार्ज हुन पाँच घण्टा लाग्ने कम्पनीकाे दाबी छ । 

एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटरको डिक्की २२ लिटरको क्षमताकासाथ आउँछ। यसमा सुरक्षाका लागि साइड स्ट्यान्ड सेन्सर, एलईडी हेड लाइट दिइएको छ । साथै, हेलोजनका टेल लाइट र टर्निङ लाइट यस स्कुटरमा पाउन सकिनेछ ।

यो इलेक्ट्रिक स्कुटरमा मिड माउन्ट मोटरकासाथै इको, सिटी, पावर र रिभर्स गरी चार वटा ड्राइभिङ मोड दिइएकाे छ । यसैगरी, स्कुटरको मोटर पावर ३३००/४००० वाट रहेको छ र यस स्कुटरले १५० किलोसम्मको भार क्षमता रहेकाे छ । यसमा १२ इन्चको एलोय ह्विल र ट्युबलेस टायर तथा स्कुटरको ग्राउन्ड क्लियरेन्स १५७ एमएम दिइएकाे छ । यस स्कुटरमा एलसीडी कन्सोल, मोबाइल ब्लुटुथ कनेक्टिभिटी, डिजिटल ओडोमिटर, घडी, लो ब्याट्री इन्डिकेटर, युएसबी मोबाइल चार्जर लगायतका सुविधा पनि पाउन सकिनेछ ।




comments powered by Disqus

चैत २४ गते रामनवमीमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को बैठककाे निर्णय, यस्ता छन् अरु निर्णयहरु

Mar 19, 2025 12:48 PM

सरकारले चैत २४ गते रामनवमीमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।