विवाहमा नलगेकाे भन्दै श्रीमतीले गरिन् आत्महत्या, शोकमा श्रीमानले पनि गरे देह त्याग

Feb 14, 2025 02:48 PM Merolagani



भारतकाे उत्तर प्रदेशस्थित बिजनौरमा घरायसी झगडा भएपछि एक श्रीमान-श्रीमतीले आत्महत्या गरेका छन्। तर, आत्महत्या पछाडिकाे कारण भने केहि अनाैठाे रहेकाे बताइएकाे छ । 

खासगरी, श्रीमानले श्रीमतीलाई आफन्तको विवाहमा लैजान अस्वीकार गरेका थिए। त्यसपछि, निराश भएर उनले झुण्डिएर आत्महत्या गरिन्। त्यसपछि, ती व्यक्तिले आफ्नी श्रीमतीलाई यस्तो अवस्थामा देखे । शाेक सहन नसकेर उनले तीव्र गतिमा गुडिरहेको रेलको अगाडि हाम फाले। उनले पनि देह त्यागे । यसरी, क्षणभरमा नै एक परिवार उजाडियाे ।

कारण के हाे ?

वास्तवमा बिहीबार भारतस्थित चन्दपुर क्षेत्रको ककराला गाउँ निवासी मृतक रोहित कुमारका मामाका छोराको विवाह भइरहेको थियो। रोहितको सम्पूर्ण परिवार विवाहमा गएको थियो। रोहितकी श्रीमती पनि विवाहमा जान तयार थिइन् तर रोहित दिनभरि रक्सी पिएर घर आए र विवाहमा लैजान अस्वीकार गर्न थाले। साेही विषयमा दुई जनाबीच विवाद भयो।

त्यसपछि रोहित घरबाट भागे । जसकारण उनकी श्रीमती पार्वती रिसाइन् र घरको छतमा आफ्नो पछ्याैरीकाे प्रयोग गर्दै झुण्डिएर देह त्याग गरिन्।

श्रीमतीलाई मृत देखेपछि उनी रेलवे ट्र्याकतिर लागे

केही समय पछि, जब रोहित घर फर्के, उनले आफ्नी श्रीमतीलाई झुण्डिएको देखे । उनी चिच्याएर छिमेकीलाई गुहारे। त्यसपछि, वरिपरि मानिसहरू जम्मा भए र पार्वतीलाई पासाेबाट निकालेर डाक्टरकाेमा लगे तर डाक्टरले पार्वतीलाई मृत घोषित गरे।

यस पीडाबाट असह्य भएका रोहित पनि घरबाट निस्किए र करिब २ किलोमिटर टाढा रेलवे ट्र्याकमा पुगे। यहाँ उनले दिल्लीबाट आउँदै गरेको दिल्ली कोटद्वार सिद्धबली एक्सप्रेसको अगाडि हाम फालेर आत्महत्या गरे। 

धेरै बेर हराएपछि गाउँलेहरू रोहितलाई खोन थाले । उनीहरू रेलवे ट्र्याकमा पुगे र त्यहाँ उनको शव फेला पारे।

अबाेध बालबालिकाको टाउकोबाट आमाबाबुको छाँया हट्याे

जसपश्चात प्रहरीलाई याे जानकारी दिइयाे। भारतीय संचारमाध्यमका अनुसार प्रहरीले घटनास्थलमा पुगेर शवलाई रेलवे ट्र्याकबाट हटाएर नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि पठायाे ।

यस घटनापछि, रोहित र पार्वतीका दुई साना छोराछोरी अनाथ भएका छन् । उनीहरूका ३ वर्षीय एक छोरा र डेढ वर्षकी एक छोरी छिन्।

यतिबेला यी दुवैका परिवार र पुरै गाउँमा शोकको लहर फैलिएको छ। यो घटना हुँदा घरमा अरू कोही नभएकाे बताइएकाे छ । परिवारका सबै सदस्य बिहान विवाहमा गएकाले पनि घरमा काेहि नभएकाे बताइएकाे छ ।




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?