एलन मस्कका छोराछोरीलाई भारतीय प्रधानमन्त्री मोदीले के दिए विशेष उपहार?

Feb 14, 2025 06:06 PM Merolagani



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने अमेरिका भ्रमण सकिएकाे छ। भ्रमणकाबीच यी दुई नेताहरूबीच कूटनीतिक र व्यापारिक क्षेत्रसँग सम्बन्धित धेरै मुद्दाहरूमा छलफल भयो। राष्ट्रपति ट्रम्पलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले टेस्लाका सीईओ एलन मस्क र उनको परिवारलाई पनि भेटेका थिए।

स्पेसएक्सका सीईओ अमेरिकी राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउस आइपुग्दा उनका तीन साना बच्चाहरू पनि उनीसँगै थिए। मस्कले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा उनीसँगै उनका छाेराछाेरी पनि सँगै बसेको देखियो। बैठकमा न्यूरालिङ्कका निर्देशक शिवोन गिलिस पनि उपस्थित थिए।

मस्कका बच्चाहरूलाई प्रधानमन्त्री मोदीले के उपहार दिए?

बैठकको क्रममा प्रधानमन्त्रीले एलन मस्कका तीन छोराछोरीलाई पुस्तकहरू पनि उपहार दिए। उनले मस्कका छोराछोरीहरूलाई रवीन्द्रनाथ ट्यागोरको द क्रिसेन्ट मुन, द ग्रेट आरके नारायण कलेक्सन र पण्डित विष्णु शर्मा लिखित पञ्चतन्त्र उपहार दिए। सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा उनका बच्चाहरू किताब पढिरहेकाे देख्न सकिन्छ।

अर्काेतर्फ,एलन मस्कले पनि प्रधानमन्त्री मोदीलाई उपहार दिए। गत वर्षकाे अक्टोबरमा स्पेसएक्सको स्टारशीप फ्लाइट टेस्ट ५ को समयमा उडेको ताप शिल्ड टाइल नै साे उपहार हाे भन्ने अनुमान गरिएको छ। वस्तुमा कुँदिएका शब्दहरू थिए"स्टारशिप उडान परीक्षण ५, १२ अक्टोबर , २०२४।"

ट्रम्पले प्रधानमन्त्रीलाई भेटेपछि के भने?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटको बारेमा जानकारी दिँदै मस्कले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नु सम्मानजनक कुरा हो । अर्बपति एलन मस्कले दुई जनाबीच अन्तरिक्ष, गतिशीलता, प्रविधि र नवप्रवर्तन जस्ता धेरै मुद्दाहरूमा छलफल भएकाे बताए ।

यसैबीच, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा मस्कले एक पोस्ट गर्दै लेखे, "एलन मस्कलाई भेट्नु सम्मानको कुरा थियो। हामीले अन्तरिक्ष,गतिशीलता, प्रविधि र नवप्रवर्तन लगायत विभिन्न मुद्दाहरूमा छलफल गर्यौं।"

"उनीहरूले उदीयमान प्रविधि,उद्यमशीलता र सुशासनमा सहयोगलाई गहिरो बनाउने अवसरहरूबारे पनि छलफल गरे," विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

एजेन्सीकाे सहयाेगमा। 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।