आईफोन १६ ई र आईफोन १६ एसई ३मा के छ भिन्नता ?

Feb 21, 2025 11:05 AM Merolagani



कैयाैं लीक भएपछि, एप्पलले भर्खरै आईफोन १६ई सार्वजनिक गरेको छ। लीक भएका रिपाेर्टहरू आईफोन एसई ४का बारेमा थिए । तर, आईफोन १६ई आईफोन १६ परिवारको नयाँ सदस्य हो।

नयाँ आईफोनको मूल्यका बारेमा धेरै चर्चा भएको थियो । तर, आईफोन १६ई र आईफोन एसई मोडलकाे मूल्यमा फरक छ। आईफोन १६ईको सुरुवाती मूल्य ५९९ डलर छ। 

आईफोन १६ ई र आईफोन १६ एसई ३का पाँच ठूला परिवर्तनहरू यस्ता छन् ? 


आधुनिक मेकओभर

आईफोन १६ईमा सबैभन्दा ठूलो परिवर्तन यसको डिजाइन हो। एप्पलले आईफोन एसई ३को पुरानो होम-बटन डिजाइनलाई त्यागेर अझ आधुनिक लुकमा ल्याएको छ। यस फोनमा ६.१ इन्चको नच डिस्प्ले, फ्ल्याट आल्मुनियम फ्रेम, र IP68 पानी र डस्ट रेसिस्टेन्स (पहिले यो IP67 थियो) रेटिङ पाउन सकिन्छ।

अहिले, यस फाेनमा फेस आईडी पाउन सकिन्छ भने टच आईडी (होम बटन) हटाइएको छ। यद्यपि, यो फोन केवल दुई रङ, कालो र सेतोमा उपलब्ध छ। यसको नयाँ डिजाइनले यसलाई अझ प्रिमियम लुक दिएकाे कम्पनीकाे भनाइ छ ।

बढी पावर र राम्रो ब्याट्री लाइफ

आईफोन १६ईमा आईफोन १६को ए १८ चिपसेट प्रयोग गरिएको छ, जसले यसलाई उत्कृष्ट प्रदर्शन दिने कम्पनीकाे दाबी छ। यो फोन ८ जीबी र्‍याम र ४कोर जीपीयूकासाथमा आउँछ । त्यसैले, याे फाेन गेमिङ र मल्टिटास्किङको लागि उत्कृष्ट रहेकाे कम्पनीकाे भनाइ छ। आईफोन एसई ३ मा १५ घण्टाको भिडियो प्लेब्याक थियो भने आईफोन १६ई मा २६ घण्टाको भिडियो प्लेब्याक छ। ठूलो ब्याट्री नभए पनि यो फाेन आईफोन १५ प्लसको नजिक नजिक पुगेकाे छ। एप्पलको नयाँ सी१५जी माेडेम र ए१८ चिपको सुधारिएको दक्षताका कारण यसको ब्याट्री कार्यसम्पादनमा उल्लेखनीय सुधार आएको छ।

एप्पल इन्टेलिजेन्स (एआई) समर्थन

एप्पलले अब आफ्नो नयाँ एप्पल इन्टेलिजेन्स (एआई) सुविधाहरूमा ध्यान केन्द्रित गरिरहेको छ र यी सुविधाहरू आईफोन १६ईमा पूर्ण रूपमा राखिएका छन्। आईफोन एसई ३को तुलनामा, यो फोनले वर्षौंसम्म एआई अपडेट र स्मार्ट सुविधाहरूलाई समर्थन गर्नेछ। अब, तपाईंले क्यामराबाट कुनै पनि वस्तुको बारेमा तुरुन्तै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। एप्पलले आईफोन १६ को क्यामरा कन्ट्रोल बटनको साटाे आईफोन १६ई को नयाँ एक्सन बटनमा यो सुविधा दिएको छ।

नयाँ एक्सन बटन (म्यूट स्विचलाई प्रतिस्थापन गर्दै)

आईफोन १६ईमा आईफोन १५ प्राेमा डेब्यु भएको एक्सन बटन थपिएको छ। यसलाई क्यामरा लञ्च गर्न, फ्ल्यासलाइट अन गर्न, भिजुअल इन्टेलिजेन्स सक्रिय गर्नका लागि प्रयोग गर्न सकिन्छ। यसलाई अनुकूलित पनि गर्न सकिनेछ। यसमा आईफोन १६ मा नयाँ क्यामरा कन्ट्राेल बटन छैन, तर धेरैजसो प्रयोगकर्ताहरूको लागि त्यो ठूलो निराशा हुनेछैन।

शक्तिशाली ४८ मेगापिक्सल क्यामरा

आईफोन १६ईमा नयाँ ४८ मेगापिक्सल क्यामरा छ जसलाई एप्पलले "हाई-रिजोल्युसन २-इन-१ क्यामरा" नाम दिएको छ। यसमा लाे लाइट परफर्मेन्सकासाथ २४ मेगापिक्सल र ४८ मेगापिक्सल फोटो क्याप्चर सपाेर्ट र २x टेलिफोटो जुम (लसलेस क्वालिटी) उपलब्ध छन्। यो आईफोन एसई ३मा रहेको १२ःए क्यामराको तुलनामा ठूलो अपग्रेड हो। यद्यपि, यसमा अल्ट्रा-वाइड क्यामरा छैन र यसले स्पासियल भिडियोहरू वा फोटोग्राफिक शैलीहरूलाई समर्थन गर्दैन तर पनि यो फोटोग्राफीको लागि एक उत्कृष्ट उपकरण रहेकाे कम्पनीकाे दाबी छ ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।